दार्चुला – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना व्यवस्थापन एकाइ खुमलटार मार्फत परियोजना कार्यान्वयन एकाइ दार्चुलामा २०७५ असोज ०५ देखि जोन स्थापना गरी लागु गरीएको हो । अहिले जिल्लाका नौं वटै स्थानिय तहमा यो परियोजनाले काम गरी राखेको छ । स्याउ ,ओखर र मकै जोन , सुन्तलाजात फलफुल र तरकारी जोन गरी ४ वटा सम्भाग रहेका छन् ।

सञ्चालनमा रहेका उक्त बालीको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने उद्धेश्यका साथ परियोजना कार्यान्वयन इकाई दार्चुला र प्राविधिक जोन इकाई बैतडी कृयाशिल रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई दार्चुलाले जानकारी दिएको छ ।

पछिल्ला केही वर्ष देखि दार्चुलाका किसान स्याउ , ओखर सुन्तलाखेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा स्याउ , ओखर सुन्तलाखेतीका लागी हावापानी निकै अनुकूल हुँदा यस क्षेत्रका कृषकहरु कृषि पेसाप्रती आकर्सित हुन थालेको पाइएको छ । ओखर संगै यस क्षेत्रमा उत्पादन हुने फलफुल किबि, , सुन्तला, कागती, चुक लगायतका सहजै बजार व्यवस्थापन हुने व्यवसायिक तरकारी खेती गर्नको लागी माटो परिक्षण, सहजै विउ उपलब्ध गराउने गरि कार्यक्रमहरु ल्याएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई दार्चुलाका कार्यालय प्रमुख विष्णु प्रसाद ओझाले जानकारी दिनुभयो ।

जिल्लाका ४ वटा स्थानीय तहमा ओखर खेती विस्तार गर्नको लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, परियोजना कार्यान्वय इकाई दार्चुलाले विभिन्न कार्यक्रम सञ्चालन गरिहेको परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख ओझाले बताउनुभयो । पछिल्ला केही बर्षको तथ्याङ्क हेर्दा जिल्लामा ओखर खेती गर्ने, स्याउ खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको छ । जिल्लामा करिव २ सय ७५ हेक्टर क्षेत्रफलमा ओखर खेती हुने गरेको छ ।

परियोजनाको कार्यक्षेत्र दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरु महाकाली र शैल्यशिखर नगरपालिका दुहु, लेकम, मार्मा, नौगाड ,व्यास ,अपिहिमाल ,मालिकार्जुन गाउँपालिका र बैतडी जिल्लाका ५ वटा स्थानीय तहहरु दशरथचन्द र पाटन नगरपालिका तथा दोगडाकेदार ,पञ्चेश्वर ,सुर्नया गाउँपालिका रहेका छन् । वाली विशेषको जोन संख्या दुईवटा स्याउ ओखर र मकै जोन छ , यस आ. ब. बाट २ वटा थप सुन्तलाजात फलफुल र तरकारी रहेका छन् ।

जिल्लामा करिव २ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । परियोजना पूर्व जोनको क्षेत्रफल स्याउ १ सय हेक्टर थियो भने, ओखर १ सय ४० हेक्टरमा रहेकोथियो । यस्तै बैतडी जिल्लामा ७०० हे. क्षेत्रफल मकै जोनले ढाकेको छ । जिल्लाका परियोजना क्षेत्र भित्र पर्ने ५ वटै स्थानिय तहमा तरकारी क्षेत्र बिस्तार कार्यक्रमलाई पनि पुर्णता दिईएको छ ।

यस कार्यक्रममा प्रत्यक्ष रुपमा कृषक समूह, कृषि सहकारी संस्था तथा निजि उद्दमी कृषक परिवार लाभान्वित रहेका छन् । कृषि क्षेत्रको ब्यवसायिकरणमा योगदान पुर्याउने र कृषि ब्यवसायलाई उद्ध्योग संग जोड्ने गरी जोनमा समावेश गरिएको तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने यस परियोजना कार्यान्वयन इकाईको उदेश्यहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय