दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ औतालेक स्थित हुनैनाथ मन्दिरको परिसरमा रहेको पिङ (हिङ्लो) हिजो रातिको हावाहुरीले ढलेको छ ।
वि.स.२०५३/५४ सालमा निर्माण भएको २६ वर्ष पुरानाे उक्त हिङलो (पिङ) को दुबैपट्टीको खाबा हिजो राति आएको हावाहुरीले भाँचिएको स्थानीय राजेन्द्र सिंह धामीले बताउनु भयो ।
मन्दिरमा पुजापाठ गर्न आउने भक्तजनहरूलाई मनोरञ्जनका लागि राखिएको उक्त पिङ (हिङ्लो) सालको काठको खाबाहरू बाट तयार गरिएको थियो । उक्त पिङ सालको काठको दुईवटा खाबामा फलामको सिक्रिको प्रयोग गरी निर्माण गरिएको थियो ।