दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर २ न्वालपानी टोलमा हिजो दिउसोको हावा हुरिले दाना लाग्दै गरेका मकै बाली बारीमै ढाली दिएको छ । किसानले जंगली वन्यजन्तु दुम्सी ,बदेल ,जंगली भालु र बादर बाट रात दिन पहरा बसेर जोगाएको मकै हुरीले ढाली दिए पछि किसान चिन्तित बनेका छन । करिब साठी घरघुरी रहेको उक्त गाउँमा हुरीले सबैको मकै बारीमै लडाए पछि किसानहरू समस्यामा परेका छन । ” पालेका वस्तुभाउ अधिकांश लम्पिस्किनले मरे ” लगाएको बारी हुरीले मास्यो अब कसरी बाच्ने होला ” भन्दै स्थानीय बिर सिंह धामीले चिन्ता व्यक्त गर्नु भयो । उक्त गाउँका सबै किसान यो सिजनमा मकै खेती नै गर्ने गर्दछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय