मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी संग काठमाडौंको रहेका पालिकाबासीहरूले बबरमहल स्थित कोइला रेष्टुरेण्टमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन । पालिका अध्यक्ष धामीले मालिकार्जुन गाउँपालिका घर भई बिभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा संघिय राजधानी काठमाडौंमा रहेका पालिकाबासीहरू संग शिक्षा ,स्वास्थ्य, सञ्चार ,यातायात, सामाजिक सुरक्षा लगायत अन्य विकास निर्माणका कार्यहरूका बारेमा लिखित रूपमै सल्लाह मागेका छन । सहभागी अधिकांशले अध्यक्ष धामीलाई एक बर्षे कार्यकाल सुखद र सफल नै रहेको र बाँकी कार्यकाल पनि जनताको सर्वोत्तम हितलाई ध्यानमा राखेर काम गर्न सुझाव दिएका छन ।

सहभागीहरूले सामाजिक बिकृतिको जड रक्सी नियन्त्रण गर्नुपर्ने ,शिक्षामा दिर्घकालिन योजना सहित काम गर्नुपर्ने , विकास पुर्वाधार निर्माणका साथै मानवीय पुँजी निर्माणका लागि पहल गर्नुपर्ने ,कृषकलाई कृषि बीमा प्रति प्रोत्साहित गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा पालिका भित्रका सबै वडाका बासिन्दाहरूको सहभागी रहेको थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष हिरा सिंह धामीले आफुले एक बर्षको कार्यकालमा शैक्षिक सुधार, दिर्घरोगका बिरामीलाई घरदैलोमै निशुल्क औषधी वितरण,वडा भित्रका शाखा सडकहरूको बिस्तार,पालिकाको प्रशासनिक भवन निर्माणको सुरूवात,बस्तीहरूमा लिफ्टिङ प्रविधिबाट खानेपानीको बिस्तार,किसानलाई भैसी वितरण , बिद्यालयमा योगाभ्यास, आयुर्वेदालयको स्थापनाका लागि पहल लगायत दर्जनौ कामहरू गरि सकेको  बताएका छन । साथै अध्यक्ष धामीले काठमाडौंमा रहेका मालिकार्जुनबासीको समृद्ध र सबल मालिकार्जुन निर्माणमा अमुल्य योगदान रहने हुँदा निरन्तर सबैको सहयोगको खाँचो रहेको समेत बताउनु भयो ।

सहभागिले दिएका सुझावहरू

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय