दार्चुला। दार्चुलामा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्वर २ भगवती ठिङ घर भएर हाल महाकाली नगरपालिका वडा नम्वर ४ विद्यानगर टोल तल्ला सैन बस्ने ३० वर्षका नरेन्द्र सिंह धामी आफ्नै बस्ने कोठामा झुण्डिएकाे अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार हरिदत जोशीको घरमा कोठा भाडामा बस्ने धामी आईतबार १:४५ बजे झुण्डिएकाे अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट इन्सपेक्टर ज्ञानेन्द्र बहादुर सिंह नेतृत्वको टोली घटना स्थलमा गएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
मृतक पुरुषको घरमा श्रीमति एक छोरा र एक छोरी रहेको बताइएको छ । मृतकका आफन्तहरु गाउँबाट आउन लागेकाले शवलाई उठाउन नसकिएको प्रहरीले जनाएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । प्रारम्भीक अनुसन्धानबाट श्रीमती माइत गएको बेला उनले कोठामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय