सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ। कृष्ण जन्माष्टमीको मूर्ती बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको सीडीओ इन्द्रदेव यादवले जानकारी दिए। अहिलेसम्म कुनै घटना नघटेको भएपनि घट्न सक्ने सम्भावना भएकाले निषेधाज्ञा जारी गरिएको यादवले बताए।

सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवामा शुक्रबर साँझ दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो। लगत्तै प्रहरीले अश्रग्यास र एक राउन्ड हवाइ फायर समेत गरेको थियो।

स्रोत: नेपाल समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय