महाकाली नगरपालिकाले स्वास्थ्य सेवा सुदृढिकरणको लागि झण्डै चार करोड बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने गरी कुल ३ करोड ९५ लाख ७० हजार रुपैया बजेट विनियोजन भएको हो ।
नगरपालिकाले संघीय सर्शत अनुदान अन्तर्गत स्वास्थ्य क्षेत्र सुधार तथा सञ्चालनको लागि ३ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महाकाली नगरपालिकाले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा सम्बृद्ध महाकाली निर्माणमा टेवा भन्ने मूल नाराका साथ स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको हो ।
सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले चालू आर्थिक वर्षमा स्वस्थ्य सेवा पहुँचबाट टाढा रहेको वडा नम्बर १ को कोटमा सहरी स्वास्थ्य इकाई स्थापना गर्ने भएको छ । यहाँका स्थानीयलाई स्वास्थ्य चौकी सम्मै आउनै घण्टौँ समय हिड्नुपर्ने अवस्थाको अन्त्यको लागि सहरी स्वास्थ्य इकाई स्थापना गर्न लागिएको नगरपालिका उपप्रमख दुर्गाकुमारी खत्री विष्टले जानकारी दिनुभयो ।
यस्तै महाकाली नगरपालिका वडा नम्बर ७ धापस्थित स्वास्थ्य चौकीमा ल्याब सेवा स्थापना हुने भएको छ । ल्याब सेवा सञ्चालनको लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
उपप्रमुख विष्टका अनुसार नगरपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुले पाउदै आएको भत्तालाई निरन्तरता दिदै बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
जिल्लामा एचआईभी एड्सको परीक्षण तथा परामर्श सेवाको लागि ५ लाख बजेट विनियोजन गरिएको छ । नगरपाकिाले बैतडी प्लस संस्थासँग मिलेर यो कार्यक्रम गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय