दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बिहीबार(आज) बिहान १० बजेतिर बडुगाउँको झोलुङगे पुल छेउमा अन्दाजी २५ – ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचनाअधिकारी जगतगाहा मगरले जानकारी दिनुभयो ।

अहिले सम्म शवको पहिचान नभएको उहाँले बताउनुभयो । शव महाकाली नदीमा बगेर आएको हुन सक्ने आशङ्का गरिएको छ । त्यहाँ अहिले इलाका प्रहरी कार्यालय हुतिबाट प्रहरी टोली खटिएको प्रहरी निरिक्षक तथा सूचना अधिकारी मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय