दार्चुला । सुदूरपश्चिमको सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले मनोनयन दर्ता गरेका छन्। प्रदेश सांसद मानबहादुर रावल र भीम भण्डारीले सभामुखका लागि मनोनयन दर्ता गरेका हुन्।

माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भण्डारी र नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य रावलले सभामुखका लागि मनोनयन दर्ता गरेका हुन्।
.
प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो।

सोहि समय तालिकाअनुसार नेपाली काँग्रेस र माओवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित दुबै सांसदले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय