सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि बुधबार प्रस्तुत गरेको बजेटमा ‘गुरिल्ला ट्रेल’ निर्माण गर्ने योजना राखिएको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारले आफ्नो कार्यकालको अन्तिम वर्षको बजेटमा समावेश पर्यटन विकासको कार्यक्रम अन्तर्गत ‘गुरिल्ला ट्रेल’ राखिएको हो ।
बजेट वक्तव्यमा जनयुद्धलाई गणतन्त्रको जननी उल्लेख गर्दै जस अन्तर्गत एउटा कार्यक्रममा उल्लेख भएअनुसार ‘गणतन्त्रको जननी जनयुद्धलाई स्मरण गर्दै चिसापानी राजकाँडा पण्डौन बजेडी खैराला हुदै खानीडाँडासम्म गुरिल्ला ट्रेल निर्माणका लागि एक करोड ५० लाख विनियोज गरिएको छ ।’

सुदूरपश्चिम सरकारले आगामी वर्षका लागि ३६ अर्ब ७४ करोडको बजेट ल्याएको छ । उक्त बजेट चालु आर्थिक वर्षभन्दा झन्डै ६ अर्ब बढी हो । पुँजीगततर्फ ६५ दशमल ७१ र चालुतर्फ ३३ दशमलव ४६ प्रतिशत विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय