![](https://darchulakhabar.com/wp-content/uploads/2021/08/gold-sun.jpg)
२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-3-scaled-3-1024x682.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marmma-2-1.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-1-3.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-1-2-1024x642.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-3-1-2.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-shikar-2-2.jpg)