दार्चुलाको मालिकार्जुन गाउँपालिका नं ३का वडाध्यक्ष मदन सिंह धामीका छोरा रविन्द्र सिंह धामीलाई गौरा मनाई घर फर्किने बेलामा स्थानीय अमर सिंह धामी लगायतको समुहले कुटपिट गरेका छन । हिजो बेलुका गौरा मनाई घर फर्किरहेका रविन्द्रलाई अमर सिंह धामी ,बिक्रम सिह धामी ,ललित सिह धामी, रमेश सिह धामी , कल्यान सिह धामी मिलेर कुटपिट गरेका हुन । कुटपिट बाट घाईते भएका रविन्द्र लाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । कुटपिट बाट रविन्द्रको टाउकोको भित्री भागमा गभ्मिर चोट रहेकोले रेफर गरिएको हो ।
प्रहरीले जाहेरी लिन मानेन
कुटपिटमा परेपछि जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका रविन्द्रका आफन्तलाई प्रहरीले जाहेरी नलिई फर्काईदिएको छ ।
यो सामान्य घट्ना हो । सामान्य जाहेरी दिन आग्रह गरी जाहेरी नलिई प्रहरीले फर्काएको रविन्द्रका आफन्तले जानकारी दिनुभएको छ ।