कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखापुलबाट ०.४२ मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जना बुधवार पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ को २४ वर्षीय गगनसिंह राना र पुनर्वास नगरपालिका–१० का १८ वर्षीय देबराज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

उनीहरु भारतबाट नेपाल तर्फ आईरहेको अबस्थामा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा देबराज रानाले दाहिने कानको एयरफोन भित्र प्लाष्टिकमा लागुपदार्थ लुकाईराखेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ। उनीहरुको साथमा रहेको मोटरसाईकल १ थानसहित दुबै जनालाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय