दार्चुलाको व्यास गाउँपालिकाको तिंकरमा सशस्त्र प्रहरीको विओपी स्थापना कार्यक्रममा गएका जनप्रतिनिधिलाई भारतीय सिमा सुरक्षा बलको टोलीले बाटोमै रोकेको छ । छिमेकी मुलुक भारतीय बाटो प्रयोग गरि उक्त कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर ,व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र एमाले निकट विद्यार्थी नेता दिपक खातीलाई भारतीय सीमा सुरक्षाबलले रोकेको हो । भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक राैगती भन्ने स्थानमा तिनैजनालाई चेकजाँच गरि राेकेकाे छ । भारतीय सुरक्षाकर्मीले `आप लाेगाेंकाे आगे जाने कि परमिशन नही हैं´ भन्दै एसएसबीले तिनैजनालाई राेकेकाे हाे ।
व्यास गाउँपालिकाको तिंकरमा भोली सशस्त्र प्रहरीको विओपी स्थापना गरिदै छ । उक्त कार्यक्रममा संगै रहेका सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जाेशी, सशस्त्रका एसपी डम्बर वहादुर विष्टसहितकाे टाेलीलाई भने भारतिय माेटरमार्ग हुँदै व्यास जान दिइएको थियो ।

दार्चुलाको व्यास क्षेत्रमा नेपालको भुगोल भएर आवतजावत गर्ने बाटो नभएकोले भारतीय बाटोकै प्रयोग गर्नु पर्ने बाध्यता रहेकोले उक्त क्षेत्रमा जाने स्थानीयहरूले भारतीय सुरक्षाकर्मी बाट यस्ता व्यवहार पटक पटक भोग्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय