दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्ने शुर्मासरोबर तीर्थयात्रामा गएका एक जना पुरूष मृत भेटिएका छन । अपि हिमाल गाउँ पालिका वडा नं ०६ रुगुर निवासी ६८ बर्षीय महावीर महता आज मृत भेटिएका हुन । महता शुर्मा सरोबर जात्रा हेर्न जाने क्रममा वडा नं ०३ को पटेलीगाड स्थित मृत फेला परेका थिए । महताको मृत्यु चिसो तथा लेक लागेका कारण भएकला हुन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थल तर्फ प्रहरी पठाईएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय