विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

 

 

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

 

 

भेप प्रकरणमा सीआईबीले ‘मुख्य योजनाकार’ किटान गरेका व्यक्तिहरूमाथि अनुसन्धान भएको नदेखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई बताए । उनले भने–‘हामीले थप अनुसन्धान गरेर पूरक प्रतिवेदन ल्याउन भनेका छौँ ।’

 

सरकारी वकिल र प्रहरी अधिकारीहरूसँगको बैठकमा महराका बाबु–छोराबारे अनुसन्धान गर्नेबारे धेरै पटक छलफल भए पनि अन्तिममा प्रहरीले महारा बाबुछोरालाई जोगाउने तर्फ लागेको थियो ।

Source ; Ratopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय