क्रिकेट सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छन्।

माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन्।

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनलाई भर्ना गरेर उपचार गरिरहेको छ। अहिले उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जनायो ।

जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्। क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय