नौगाड गाउँपालिका–१ मा नागु र मानाकोट आसपास क्षेत्रमा लगाइएका स्याउ बँदेल लगायत जंगली जनावरले नोक्सानी गरेको छ । तीन र चार दिनदेखि मानाकोट, जात्रा भन्ने ठाउँहरुमा बँदेल र उदजस्ता जंगली जनावरले खाने तथा नोक्सानी गरेको स्थानीयले बताएका छन्।

नौगाड गाउँपालिका–१ मानाकोटका स्थानीय धनसिंह डडालको बारीमा फलेका स्याउमा अहिले बँदेलले सखाप पार्न थालेको बताए । करिब एक सातादेखि जंगली उद र केही दिनदेखि बँदेल लागेका छन् रुखमै चढेर स्याउ खाने तथा नोक्सान गर्ने गरेका छन् बँदेलले स्याउका बोट समेत भाँच्ने गरेको उनको भनाइ छ । केही वर्षदेखि व्यावसायिक रुपमा स्याउ उत्पादन थालिए पनि जंगली जनावरले नोक्सानी गर्न थालेपछि मेहनत खेर गएको उनले गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय