सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ।

 

भट्टले गाली गरेको र मातहतका कर्मचारीबाट रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिनका लागि उपसमिति बनाएको थियोे।

 

उपसमितिका संयोजक मानबहादुर धामीका अनुसार निमित्त वन निर्देशक भट्टलाई भदौ ११ गते ११ बजे समितिको बैठकमा जवाफ दिने गरेर उपस्थित हुन पत्राचार गरिएको छ।

 

केही दिनअघि निमित्त वन निर्देशक भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई गाली गरेको र आफूले मातहतका कार्यालयबाट पैसा लिएको बताएको भिडियो सार्वजनिक भएपछि छानबिनको गर्नुपर्ने आवाज उठेको थियो ।

 

भदौ ४ गते बनाइएको छानबिन उपसमितिलाई १५ दिनभित्र सार्वजनिक लेखा समितिमा प्रतिवेदन पेश गर्न समय दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय