दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा निलम्बित हुँदा उनको ठाउँमा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दा लागेर बर्षदिनदेखि निलम्बनमा रहेका एक जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको छ।

 

गत महिना मात्रै शैल्यशिखरका प्रमुख अधिकृत सुरेन्द्र बिष्ट माथी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरे लगत्तै मन्त्रालयले बर्ष दिनदेखि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका उपसचिव पदमबहादुर बुढालाई दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको हो।

 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृतका रुपमा कार्यरत रहँदा उनी भ्रष्टाचार मुद्दामा डामिएका थिए। गत बर्ष भदौं २६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड बढी बिगो मागदाबी गर्दै उनीसहित अन्य १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

यसरी भ्रष्टाचार मुद्दा दायर भएका कर्मचारी स्वत निलम्बनमा पर्दछन्। सामान्यले भ्रष्टाचार मुद्धामा डामिएका उनै बुढालाई दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको छ।

 

त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलाई समेत अख्तियारले भ्रष्टाचार मुद्दामा तानेपछि सामान्यले त्यहाँ नयाँ कार्यकारी त पठायो तर निलम्बनमा परिरहेका कर्मचारीलाई। अख्तियारले केही दिन अघिमात्र त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

विगत ६ बर्षदेखि निमित्त रहेका विष्टलाई आर्थिक बर्ष ७४/०७५ र ०७५/०७६ मा पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको हार्ड रक उल्लेख गरेर २६ लाख रुपैयाँ अतिरिक्त भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

सोही ठाउँमा सामान्य प्रशासनले १ वर्षदेखि निलम्बित अवस्थामा रहेका एक उपसचिवलाई गत साउन २४ गते नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको भेटिएको हो।

 

कर्मचारी संकेत नम्बर १८६४२१ रहेका बुढालाई सरुवा पत्र सरुवा गरिएको पत्र समेत मन्त्रालयले उक्त पालिकामा पठाइसकेको छ । यसरी भ्रष्टाचार मुद्धामा निलम्बनमा परेका कर्मचारी नै सरुवा हुनुलाई सामान्य प्रशासनको गम्भीर लापरवाहीको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय