मालिकार्जुन गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पतालको काम अन्तिम चरणमा रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताएका छन । मालिकार्जुन गाउँपालिकाले वडा नम्बर आठ स्थित भौरकोटमा उक्त अस्पताल निर्माण गरिरहेको छ । केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा मंसिर १५, २०७७ मा तत्कालीन सरकारले सरकारले  संयुक्त रूपमा तीन सय ९६ अस्पतालको शिलान्यास गरेको थियो । उक्त आर्थिक बर्षको नीति तथा कार्यक्रममै सरकारले प्रत्येक स्थानीय तहहरूमा  न्युनतम पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माणको योजना अगाडी सारेको थियो । सरकारको उक्त योजना अनुसार ती अस्पतालहरू दुई बर्ष भित्र निर्माण गरि सेवा संचालनमा ल्याउने लक्ष्य राखिएको थियो । जसमा मालिकार्जुन गाउँपालिकामा निर्माणाधीन अस्पताल समेत पर्दछ । मालिकार्जुन गाउँपालिकाले निर्माण गरिरहेको उक्त अस्पताल करिब ५० भन्दा बढी काेठाहरू सहित सुबिधा सम्पन्न संरचना निर्माणकाे भएको अध्यक्ष धामीले बताएका छन । मालिकार्जुन गाउँपालिकाले आफ्नो एक बर्षको सयम पुरै शिक्षा र श्वास्थ्य क्षेत्रमा काम गर्दैमा खर्च गरेको थियो । गाउँपालिकाले दिर्घरोगीहरूलाई घरघरमा निशुल्क औषधी वितरण गर्दै आएको छ । पालिकाले आफ्नै एमबिबिएस डाक्टर राखेर समेत सेवा दिईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय