दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आफ्नो पालिकाको आयुर्वेद अस्पताल दिने सेवाहरू बढाउँदै गएको छ । गाउँपालिकाको केन्द्र शंकरपुर पस्तीमा रहेको अस्पतालले आफ्नो सेवा क्षेत्र बढाउँदै

गाउँपालिकाको आयुर्वेद अस्पतालमा रहेको औषधी

आर्युवेद सेवा ,आराेग्य सेवा र प्राकृतिक चिकित्सकीय सेवा संचालन गरेको छ । गाउँपालिका द्वारा संचालित उक्त आयुर्वेद अस्पतालमा बहिरंग सेवाका साथै स्नेहन , स्वेदन,स्टीम बाथ कक्ष पनि संचालनमा ल्याईएको छ । जुन सेवा जिल्ला आयुर्वेद अस्पताल ले समेत संचालन गर्न सकेको छैन ।

आयुर्वेद अस्पताल शंकरपुरका अनुसार नसर्ने राेगहरूबाट ग्रसित ,ढाड कम्मरकाे दुखाई, टाउको दुख्ने, सितवात, लगायत राेगकाे प्रभावकारी उपचारकाे आफुले गरिरहेको र सेवाग्राहीहरू आफुले प्रदान गरेको सेवाबाट सन्तुष्ट रहेको वैद्य निरिक्षक दिवाकर जोशीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय