सुदुरपश्चिमको डोटी पुर्ख्यौली घर भएका विश्वम्भर प्रसाद श्रेष्ठ ३१औं प्रधानन्यायाधीशका रुपमा नियुक्त भएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठ लाई आजै प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन ।

श्रेष्ठ ०८१ असोजसम्म प्रधानन्यायाधीश रहनेछन् ।

डोटी पुर्ख्यौली भई कैलाली धनगढीका स्थायी बासिन्दा विश्वम्भर श्रेष्ठले ०४१ पुसदेखि न्याय सेवामा प्रवेश पाएका थिए । न्याय क्षेत्रमा ४० वर्षको अनुभव सँगालेका उनी न्यायिक निकायकै सर्वोच्च पद प्रधानन्यायाधीश बन्दै छन् ।

दार्चुलाबाट जिल्ला न्यायाधीशमा सेवा शुरूवात गरेका थिए :

प्रधानन्यायाधीश श्रेष्ठले दार्चुलाबाट जिल्ला न्यायाधीश भई न्यायाधीश पदमा सेवा शुरू गरेका थिए । ३ जेठ ०४५ मा पहिलोपटक जिल्ला न्यायाधीश नियुक्त भएका उनले दार्चुला जिल्ला अदालतमा सेवा दिए । त्यसपछि डडेल्धुरा, उदयपुर, मकवानपुर, झापासमेतका जिल्ला अदालतमा कार्यरत रहे ।

१० चैत ०६२ मा पुनरावेदन अदालत बाग्लुङमा नियुक्ति पाएका उनी ०७३ साउनमा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । उनी क्याडरबाट अर्थात् तल्ला तहका अदालतमा न्यायाधीश हुँदै सर्वोच्च प्रवेश गरेका हुन् । २० असोज ०१६ जन्ममिति रहेका उनी उमेरहदका कारण २० असोज ०८१ सम्म अर्थात् १९ महिना प्रधानन्यायाधीश पदमा रहन पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय