घातक लागुपदार्थ खैरो हेरोइन (ब्राउनसुगर) सेवन गरी गाडी चलाउने सार्वजनिक यातायातका ७ जना चालकलाई प्रहरील नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण महाअभियानअन्तर्गत ट्राफिक प्रहरीले अत्तरिया धनगढी ६ लेन सडक खण्डमा सात जना चालकलाई पक्राउ गरेको हो ।

पाँच मिनेटमै लागुऔषध प्रयोग गरे/नगरेको पत्ता लाग्ने अत्याधुनिक किट प्रयोग गरी प्रहरीले सार्वजनिक यातायातका चालकहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा गन्यापधुराका ३३ वर्षीय भीम अवस्थी, शुक्लाफांँटा नगरपालिका ४ का ३४ वर्षीय दिवाकर भूजेल, डडेल्धुरा अमरगढी नगरपालिका ४ का ३० वर्षीय रमेश भट्टराई, कैलालीको गोदावरी नगरपालिका ८ का ३१ वर्षीय यादव बोहरा, गोदवारी नगरपालिका १२ का ३६ वर्षीय महादेव जोशी, धनगढी उपमहानगर ३ का २५ वर्षीय विदुश राना र कञ्चनपुरको वेदकोट नगरपालिका १० का ३१ वर्षीय अर्जुन रावल रहेका छन् ।

पक्राउ परेका सबैले नियमित रुपमा घातक लागुऔषध सेवन गर्ने गरेको स्विकारेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय