सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी आफुले एस एल सी सम्म अध्ययन गरेको विद्यालय मालिकार्जुन नमुना मा.वि .धापमा पुगेका छन । आज बिहान विद्यालयमा गएर प्रधानाध्यापक सुन्दर बुढाथोकी लगायत अन्य शिक्षकहरू संग भेटघाट गरेका थिए ।

मन्त्री धामीले आफुले अध्ययन गरेको उक्त विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सक्दो सहयोग पुर्याउने समेत बताएका थिए ।

मन्त्री धामीले उक्त विद्यालय बाट २०५५ सालमा एस एल सी परिक्षा दिई उच्च शिक्षा अध्ययनका लागि कैलाली आएका थिए । पछि कैलालीबाट नै माओवादी जनयुद्धमा सहभागी भई राजनीतिमा लागेका थिए ।

धामी गत तीन दिन देखि आफ्नो गृह जिल्ला दार्चुलाको भ्रमणमा रहेका छन ।

मन्त्री धामी आफुले अध्ययन गरेको विद्यालयमा आफ्ना कुरा राख्दै

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय