गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्षले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका हुन् ।

 

वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए । त्यसको साढे दुई घण्टापछि उनी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

“परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे,” उनले फेसबुकमा लेखेका छन्, “घर परिवार, साथीभाइ, सुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय