अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न नपाउने यी हुन् एमालेका जनप्रतिनिध

काठमाडौं । नेकपा (एमाले)को प्रदेश, जिल्ला र पालिका अधिवेशनमा जनप्रतिनिधिहरु प्रमुख पदका लागि उमेदवार बन्न नपाउने भएका छन् ।

 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकका निर्णयहरु समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन–८ मा जनप्रतिनिधिहरुलाई प्रमुख पदको उमेदवार हुन रोक लगाइएको उल्लेख छ ।

जसअनुसार जनप्रतिनिधिले अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न पाउने छैनन् । स्थानीय तहका वडाध्यक्ष, प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न पाउने छैनन् ।

 

त्यस्तै, प्रदेश अधिवेशनमा प्रदेशसभाका सदस्य, संघीय संसद्, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू अधिवेशनमा अध्यक्ष र सचिवको उमेदवार बन्न पाउने छैनन् ।

 

एमालेले दोहोरो जिम्मेवारी नदिने नीतिअनुसार उनीहरुलाई उमेदवार बन्न रोक लगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय