दार्चुलाबाट प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुको सचिवालयले जिल्लाबासीलाई बिगत चार बर्ष देखि बन्द रहेको ताक्लाकोट नाकामा भाद्र ३ गते आवत जावतको सुविधा प्राप्त हुने जनाएको छ। सांसद बडुको सचिवालयका अनुसार उहाँको विशेष पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गर्दै कोभिड-१९ पछि झन्डै चार वर्ष देखि बन्द रहेको दार्चुला जिल्लाको उत्तरी सीमा नाका टिंकर पूर्ववत पुनः सञ्चालनमा आउने निर्णय भएको हो ।

सांसद बडु सहितको टोली परराष्ट्र मन्त्री सँग छलफल गर्दै

सचिवालयको फेसबुक मार्फत एक सुचना जारी गर्दै अगाडी भनिएको छ ” गृह मन्त्रालयबाट प्राप्त जानकारी अनुसार यही भाद्र ३ गते देखि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी गरिने प्रबेश पत्र सहित दार्चुलाबासी जनताले कोरोना महामारी पूर्वको अवस्था जस्तै मित्र राष्ट्र चिनको स्वशासित क्षेत्र तिब्बतको ब्यापारिक केन्द्र ताक्लाकोट नाका र कैलाश मानसरोवर तीर्थस्थल सम्म आवत जावत गर्ने सुविधा प्राप्त हुने भएको छ” ।

सांसद बडु सहितको टोली गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै

दार्चुलाका थुप्रै व्यापारीहरूको सामान चार बर्षदेखि उतै गोदाममा थन्किएको अवस्था रहेको थियो ।

टिंकर नाका दार्चुलाको परम्परागत व्यापारिक नाका हो । व्यासका स्थानीय बासिन्दा समेत रहेका कतिपय व्यापारीहरूले तिब्बत क्षेत्रमै बसेर समेत व्यापार गर्ने गरेका थिए । कोरोना पछि चीनले सीमामा कडाई गरे सँगै धेरैको व्यापार व्यवसाय ठप्प हुन गई रोजीरोटी नै बन्द हुने स्थिति रहेको थियो । बडुको उक्त पहलले दार्चुलाको टिंकर नाका सहज रूपमा संचालनमा आएमा तिब्बत र नेपालको परम्परागत व्यापार समेत पुन सुचारू हुने र व्यवसाय डुबेका दार्चुलाका दर्जनौ व्यापारीहरूलाई समेत राहत पुग्नेछ ।

व्यापारीहरूले ओलीलाई समेत गुहारेका थिए

यो भन्दा पहिले दार्चुलाका ब्यापारीहरूले पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेर आफ्नो व्यवसाय डुबेकोले नाका पुन संचालनका लागि पहल गरिदिन आग्रह गरेका थिए । ओली निवास बालकोटमै पुगेर व्यवसायीहरूले ओलीलाई आग्रह गरेका थिए।

पुर्व मन्त्री ठगुन्नाले पनि पहल गरेका थिए 

पुर्व मन्त्री तथा नेकपा एमाले दार्चुलाका नेता गणेश सिंह ठगुन्नाले समेत साउन पाँच गते गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नाका पुन सञ्चालनका लागि ध्यानाकर्षण सहित पहल थालिदिन आग्रह गरेका थिए । एमाले दार्चुलाका नेता उमेश सिंह खत्री,अक्बर सिंह ठगुन्ना समेतको टोलीले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुजाएका थिए ।

पुर्व मन्त्री गणेश सिंह ठगुन्ना गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय