नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको १२ औ बैठक भाद्र १२ गते बस्ने भएको छ ।

उक्त बैठकका प्रमुख अतिथिमा नेकपा एमाले का पोलिट्ब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज  गणेश सिंह ठगुन्ना रहनेछन भने विशिष्ट अतिथिमा पार्टी केन्द्रिय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज सहदेब बोगटी रहने नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेम सिंह धामीले बताउनु भयो । बैठक भाद्र १२ गते बिहान ८ बजे जिल्ला सदरमुकाम खलंगामा स्थित दार्चुला विकास संगठन को हलमा बस्ने एमाले दार्चुलाले जनाएको छ ।

अहिले नेकपा एमाले सबै स्थानीय तहका वडा कमिटी देखि गाउँ कमिटी सम्मका भेला तथा प्रशिक्षण कार्यक्रम पश्चात जिल्ला कमिटी बैठकमा केन्द्रित भएको हो । दार्चुलामा मात्रै नभई देशभरी नै एमाले संगठन सुदृढिकरण ,प्रशिक्षण भेला र गोष्ठीमा केन्द्रित भएको छ । एमालेले भर्खरै मिसन ग्रासरूट कार्यक्रमको सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय