दार्चुला : सुदुरपश्चिम  प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी गृह जिल्ला दार्चुला पुगेका छन । धामी केहि समय अगाडी गृह जिल्लाको गोकुलेश्वर पुगेका हुन । गोकुलेश्वरमा केहि बेर पार्टीका नेता कार्यकर्ताहरू संग अन्तरक्रिया पश्चात मालिकार्जुन धाममा बास बस्ने योजना रहेको धामीको सचिवालयले जनाएको छ ।

आज बेलुकी राष्ट्रिय धाम मालिकार्जुनमा पुजापाठ गर्ने र भोली शुक्रबार मालिकार्जुन क्षेत्रका स्थानीयहरु संग भेटघाटका गर्न लागि मन्त्री गृह जिल्ला पुगेका हुन । पुर्ख्यौली घर मालिकार्जुन भएका धामी गत मंसिर ४ गते सम्पन्न भएको कैलाली क्षेत्र न. ५ बाट नेकपा माओवादी केन्द्र बाट निर्बाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय