सार्वजनिक गाडीको भाडा फेरी बढेको छ। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको छ।
सरकारले तोकेको नयाँ भाडादर अनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो ।

बढेको भाडादर आजैदेखि लागू भएको छ। विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।

नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय