सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको बताए।
पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छैन। उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ।
अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ। यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।