दार्चुला ।

नेकपा एमाले दार्चुलाका नेता कार्यकर्ताहरू माक्सर्वादी पूस्तकहरूको अध्ययनमा जुटेका छन । सदरमुकाम खलङ्गा स्थित पार्टी कार्यालय रहेको मदन आश्रित स्मृति भवनमा लाई नेता कार्यकर्ताहरूको अध्ययनको थलोको रूपमा विकास गरेर पुस्तकहरू अध्ययन गर्न थालिएको एमाले दार्चुलाका नेता उमेश सिंह खत्रीले बताएका छन । नेता कार्यकर्ताहरूमा अध्ययन अनुसन्धान तथा खोजीको कमि रहेको बेलामा एमाले दार्चुलाले थालेको उक्त अध्ययन कार्यक्रमले पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूको राजनैतिक ,बैचारिक र आत्मगत क्षमताको विकास गर्ने एमाले दार्चुलाले दावी गरेको छ ।

नेता खत्रीले आफ्नो फेसबुक मार्फत समय मिलाएर पार्टी कार्यालयमा आई माक्सवादी पुस्तहरूको अध्ययन गर्न अनुरोध समेत गरेका छन ।

पुस्तक अध्ययन गर्दै कार्यकर्ताहरू

नेता खत्रीको फेसबुक पोस्ट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय