राष्ट्रिय युवा संघ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न ७ जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ ।

 

 

मंगलबार प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले सोमवार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन् ।

 

वक्तव्यमा जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द तथा प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरेको छ ।

बैठकले कुटपिटलाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।

 

निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।

 

पार्टी सचिवालय बैठकले यस घटनाको छानबिनका लागी कार्यदल समेत गठन गरेको छ ।

 

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह सदस्य रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय