फाईल तस्विर

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा रुख ढलेर अवरुद्ध भएको भीमदत्त राजमार्ग पुर्ण रूपमा सञ्चालनमा आएको छ। ढलेको रुख सडकबाट हटाइएसँगै सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो ।

साउन २२ गते राति पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग हिजो साँझबाट एक सातापछि सञ्चालनमा आएको थियो। सोही क्षेत्रभन्दा २०० मिटरको दुरीमा रुख ढलेर फेरि अवरुद्ध हुन पुगेको राजमार्ग पुन: सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय