नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेकाहरू सबै सिटिजन्स बैंकका कर्मचारी रहेको खुलेको छ ।

 

उनीहरू सिटिजन्स बैंकको विभिन्न शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ । पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन ।

उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेको छ ।

 

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय