नवनियुक्त मन्त्री अनितादेवी साहले शपथ लिएक छन्।

सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन्।

जनमत पार्टीका तर्फबाट मन्त्री बनेकी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको हो।

धनुषाकी अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएका थिए।

जनमत पार्टीले सचिव अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरेको थियो।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो।

जनमतका तर्फबाट मन्त्री बनेका तत्कालीन खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।

सरकार छाडेको चार महिनापछि जनमत फेरि पुष्पकमल दाहाल नेतृत्वको सहभागी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय