नेपाली काँग्रेस अपिहिमाल गाउँपालिका वडा नम्बर तीनले आफ्नो वडामा काङ्ग्रेस निकट कार्यकर्ता लाई कार्यालय सहयोगी राख्नुपर्ने भनी निर्णय गरेको पाईएको छ । वडा सभापती तारा कार्कीको अध्यक्षतामा यहि श्रावण 22 गते बसेको बैठकको निर्णय नम्बर एक मा निर्णय गर्दा ” वडामा कार्यालय सहयोगीमा आफ्नो पार्टी काङ्ग्रेसको तर्फबाट हुनुपर्छ भन्ने निर्णय सर्वसहमतीले पारित गरियो ” निर्णयमा भनिएको छ । अहिले अपिहिमाल गाउँपालिकामा माओवादी नेतृत्वको काङ्ग्रेस गठबन्धनको सरकार छ । यसरी स्थानीय सरकारको नेतृत्वमा भएका पार्टीहरू बाट स्थानीय तहमा कर्मचारी राख्दा आफ्नो दल निकट कार्यकर्ता मात्रै राख्दा स्थानीय सरकारहरू कार्यकर्ता भर्ती केन्द्र बन्दै गईरहेका छन ।

काङ्ग्रेस वडा कमिटिको निर्णय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय