लगातार परिरहेको पानीले बबई नदीको सतह बढ्दा दाउँरा बटुल्ने क्रममा तीन जना बेपत्ता भएका छन्। तीन सय घरमा क्षति भएको छ।

 

बबई नदीमा दाउरा बटुल्ने क्रममा गुलरिया ८ का अक्षय कुमार चौधरी, भैसाहिका वालकृष्ण थारु र पन्डितपुर स्थित बैरियाबाट महेश चौधरी बेपत्ता भएका छन्। बेपत्ता भएकाको खोजी तिव्र पारिएको डिएसपी हिक्मत बहादुर बोहराले बताए।

 

बारबर्दियाका ७, ८, र ९ वडामा सय घरमा क्षति पुगेको छ। आइतबार लगातार पानी परिहदा बारबर्दियाको रम्भापुरमा दुई सय २६ मिलिलिटर पानी परेको रेर्कड छ। २ सय बढि वर्षा भएमा अति भारी वर्षा भनेर मापन गरिन्छ। बाँसगढी नगरपालिकामा २ सय घरमा क्षति भएको प्रहरीले बताएको छ। बबई नदी बढने क्रममा रहेकाले बढी जोखिम बढेको छ। बबई नदीमा पानीले सतह पार गरिसकेको छ।

 

तीन पालिका गुलरिया,मधुवन,ठाकुरबाबा अधिकांश क्षेत्र जलमग्न छन्। दुई सय घर डुवानमा परेको प्रारम्भिक तथ्याकंमा छ। डुवान क्षेत्र र उद्धारका लागि बाढी क्षेत्रमा प्रहरी परिचालन गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताए। ‘बाढी जोखिम र डुवान क्षेत्रमा उद्धार कार्य जारी राखेका छौ,’उनले भने। बबई नदीमा पानीको सतह बढ्दो क्रममा भएकाले नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउँन आग्रह गरेको उनले जानकारी दिए।

 

२०७१ मा बबई नदीमा आएको बाढीले एक हजार बढि घर परिवार विस्थापित भएको थिए भने ६ जनाको ज्यान गयो ३४ जना वेपत्ता भएका थिए। यस्तै गरी २०७४ को बाढीमा जब्दी पुलमा क्षति पुर्याएको थियो। हजार घर परिवार विस्थापित भएका थिए। अघिल्लो वर्ष बबईमा आएको बाढीले जब्दी घाटको पुलको स्पान र पिलर बगाउँदा क्षतिग्रस्त बनेको थियो। बबई नदीमा आउँने बाढीले ठूला कहर निम्त्याउँने हुनाले स्थानीय त्रसित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय