कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रूपमा केहि समय  संचालनमा आए पनि दिउसो तीन बजेबाट  पुन अबरूद्भ भएको छ।विगत ५ दिनदेखिल बन्द  रहेको उक्त भिमदत्त राजमार्ग लगातार मर्मतको काम गरिएकोमा  आज दिउँसो आंशिक रूपमा मात्रै ट्र्याक खोलिएको थियो । तर दिउसोको  अत्यधिक बर्षाका कारण पुन पहिरो आई राजमार्ग अबरूद्द भएको हो ।  उक्त राजमार्ग बन्द रहे पश्चात सुदूरपश्चिमका पहाडी जिल्ला संगको सम्बन्ध बिच्छेद भएको छ । अत्यावस्यक कामले यात्रा गर्नु पर्ने यात्रीहरूले हैरानी खेपिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय