दार्चुला जिल्लामा सञ्चालित बोलेरो जिपहरुमा यात्रुहरू झुण्डिएर जोखिपुर्ण यात्र गरिरहेका छन । जिल्लाका पस्ति ,धाप ,दत्तु ,दल्लेक लगायत विभिन्न ग्रामीण सडकहरूमा चल्ने बोलेरो जीपमा पाँच जना सिट क्षमता रहेको उक्त जीपमा व्यवसायीले पछाडी सिट थपेर चलाउदै आएकोमा केहि बर्ष अगाडी प्रहरीले सिटहरू हटाउन लगाएको थियो । बर्खाको सिजन भएको र ग्रामीण सडकहरूमा चल्ने सवारी साधनहरू न्युन रहेकोले अहिले यात्रुहरू पाँच सिटे बोलेरोको पछाडीको क्याम्पर र भर्‍याङमा झुण्डिएर यात्रा गर्न बाध्य भएका छन । यसरी गरिने यात्रामा दुर्घटनाका जोखिम हुँदा हुँदै सम्बन्धित सवारी चलक सचेत रही जोखिमपुर्ण यात्रा न्युनिकरण गर्ने तर्फ ध्यान गएको र ट्राफिक प्रहरी कार्यालयको समेत कुनै चासो नरहेको देखिन्छ। दार्चुलामा विगतका बर्षहरूमा सवारी दुर्घटनामा दर्जनौले ज्यान गुमाई सकेको अवस्थामा यसरी गरिने जोखिमपुर्ण यात्राले दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । सम्बन्धित सरोकारवाला र यात्रु स्वयं पनि सचेत रही सावधानी अपनाउनु जरूरी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय