प्रधानमन्त्री पुष्पकमल दाहालले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सकारमा सहभागि गराई मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। जनमत सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने पक्का जस्तै भएको छन् ।

प्रधानमन्त्री दाहाल आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने छन् । सत्तारुढ गठबन्धनबीच हाल माओवादी केन्द्रले सम्हालेको कोटाबाट जनमतलाई मन्त्री बनाउने सहमति भएको छ। असार अन्तिम साता नै भएको सोही सहमति अनुसार जनमतले एक मन्त्री पाउने भएको हो।

सरकारमा हाल माओवादीबाट ६ मन्त्री र एक राज्यमन्त्री छन् । जनमत पार्टीले मन्त्रीमा अनितादेवी साहको नाम २६ असारमै प्रधानमन्त्रीलाई बुझाएको थियो । तर, २७ असारको बिहानै प्रधानमन्त्री पत्नी सीताको निधन भएपछि साह मन्त्रीमा नियुक्त हुन सकेकी थिइनन् ।

जनमत सरकारमा आउने भएपछि माओवादीका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमध्ये एकलाई हटाउने तयारी छ।

मोदी र किराँती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री दाहाल सुरुदेखि नै सन्तुष्ट छैनन् । मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेको चर्चा छ।

किराँतीले पनि काम भन्दा हल्ला बढी गरेको निस्कर्ष बालुवाटारको छ । उनी हरेक कुरालाई फेसवुकमा प्रचार गर्ने, इगो राखेर काम गर्ने, नेतृत्वको कुरालाई वेवास्ता गर्ने र कसैको सल्लाहलाई पनि सामाजिक सञ्जालमा ल्याएर प्रचार गर्ने प्रवृत्तिले प्रधानमन्त्रीको नजरबाट गिरेको स्रोत वताउँछ।

पछिल्लो पटक लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिका विषयमा पनि मन्त्री किराँती र प्रधानमन्त्री दाहालबीच टसल परेको थियो। प्रधानमन्त्रीले ल्यारक्याल लामालाई उपाध्यक्ष बनाउने गरी तयारी गर्न निर्देशन दिएपनि किराँतीले भने तिब्बतीयन नागरिक एवम गायीका आनी छोईङ डोल्माको नाम अगाडि सारेका थिए।

यद्यपी उपाध्यक्षमा ल्यारक्याल नियुक्त भईसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय