मंगलबार  देखि कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ। प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलाबाट खाली ट्रक र टिप्पर धनगडी पुगेका छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा भासिएको सडकमा पहिरो पन्छाए पछी खाली ट्रक र टिप्पर तराई झर्न सुरु भएको ट्राफिक प्रहरीले जनाएको छ। जमिन मुनी पानी भएकाले सडकमा समेत हिलोे छ। हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन।

शनिवार वर्षा भएपछि यातायात बन्द हुने छ। वर्षा नभएपछि मात्र यातायात सञ्चालन गर्न सकिने ट्राफिक प्रहरीले बताएको छ।पहिरो परेको ठाउमा अत्याधिक हिलो भएका कारण ग्र्याबिल गरेर मात्र पूर्ण संचालनमा आउने जनाएको छ । गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएको थियो।

राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो गएपछी सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ। सडक अवरुद्ध का कारण यात्रुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय