विपुल आरोही

आउ सिध्याइदिउँ
यो र उ बहाना गरेर
केही गर्नुपर्छ भन्ने सोच भएकालाई
नैतिकता जोडिने लान्छना लगाएर

आउ न आउ पाठशाला भत्काउँ
तिमी सरले कुट्यो भनेर आउ
उनी सरको बिपरित लिङ्गी हुनुको कथा बोकेर आउँछिन
आउ न आउ तिमी सरले गृहकार्य धेरै दियो भनेर आउ
फ्री फायर र पब्जी खेल्दा सरले गाली गर्‍यो भनेर आउ
आउ भत्काइदिउँ मास्टरहरुको जागिरे अड्डा
तर नल्याउनु कुटो कोदालो गल गैती र हम्मर
बस् ल्याउनु उजुरीको चाङ

पढ भन्दा आँखा तरिदेउ
लेखाइ सुधार भन्दा मुड्की उज्याउ
साथीको बाट अभ्यास नसार भन्दा कापी फालिदेउ
तर केही न केही गर

अभिभावक शिक्षक दोषी देखाएर मिडिया लिएर आउनु
प्रहरी प्रशासन हत्कडी लिएर आउनु
यो देशमा मास्टर होइन बलत्कारी छ्न
त्यो स्कुलमा शिक्षक होइन दुराचारी छ्न

अरु विद्यार्थी शिक्षकको गल्ती होइन छात्रा गलत हुन भन्छन्
आशा लाग्दा शिक्षकको दुर्दशामा रुन्छ्न
ती रुनेहरु सरको लागि होइन आफ्ना लागि रुँदैछ्न
छौ त कोहि बुझिदिने
एउटै स्कुलका दुई शिक्षकलाई
हेर त राजनीतिले कसरी बलत्कार गर्दै छ!

कुन उत्साहले काम गर्छ होला शिक्षक?
कुन उद्देश्य प्राप्तिको निम्ति पोख्दो हो पसिना
ए समाज
बिबेक किन मर्दैछ तेरा सदस्यको?
किन यसरी कानुनको छिद्रलाइ हतियार बनाउँदै छ्स
नक्कली पीडितको निम्ति किन मार्दै छस मरेकाहरुलाइ झन?शिक्षक हुनु नै अभिषाप सिद्ध किन हुँदै छ हँ?

अपराध भएको रहेछ भने गल्ती गरेछ भनेर पन्छिने
अपराधीको संरक्षण गर्ने
यस्तो हर्कत म गर्छु भने म पनि मतियार हुँ
न्यायको मार्गमा तगारो बनेछु भने
काटिदेउ पुरुष चिन्ह
तर केही गर्छु भनेर लागेकाहरुलाइ
बिन्ती इमान र लगन पोख्न देउ
तर नदेउ नखाएरै ज्युदै मर्नु पर्ने
कानुन घोलिएको सोमरस 🙏

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय