दोलखाबाट काठमाडौं गइरहेको यात्रुवाहक बस शुक्रबार बलेफी गाउँपालिकाको खाडीचौर बजारमा पसलमा ठोक्किँदा ८ जना घाइत भएका छन् ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार घाइते सबैलाई तत्काल उपचारका लागि सिन्धु सदाबहार अस्पताल लगिएको छ ।

बा ४ ख १९३३ नम्बरको अरनिको यातायातको यात्रुबसमा १२ जना भन्दा बढी यात्रु सवार थिए । बस ब्रेक फेल भएर अनियन्त्रित भएपछि खाडीचौर पुलबाट सिधै व्यवसायीको कपडा पसलमा गएर ठोक्किएको थियोे । बीच बजारमा एकाएक बस ठोक्किएपछि स्थानीयहरु तर्सिएका थिए ।प्रत्यक्षदर्शी मिलन सुवेदीले घटना भएलगत्तै स्थानीयले घाइतेलाई तत्काल स्थानीय सिन्धु सदाबहार अस्पताल पुर्‍याएको बताए । ‘अचानक धड्याम्म आवाज आयो, के भएको भनेर हेर्दा बस ठोक्किए छ, समयमा सवारी रोकियो, र अस्पताल लगिएकोले डरलाग्दो दुर्घटना हुनबाट जोगियो, ‘ सुवेदीले भने ।यात्रुबसका चालक, बस ठोक्किएको पसलका सञ्चालकसहित ८ जना घाइतेको अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘अहिले क्षतिग्रस्त यात्रु बस सडक बीचमा नै रोकिएको छ, हटाउन प्रयासरत छौं, घाइतेबारे विवरण संकलन गर्दैछौं,’ प्रहरी निरीक्षक न्यौपानेले भने । दुर्घटनाका कारण दुई पसलमा क्षति पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय