वैत्यश्वर र तामाकोशी गाउँपालिकाकाे सिमाना गाेपीखाेलामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वैत्यश्वर- १ गैरीमुदीबाट काठमाडौंका लागि छुटेकाे बा २ ख ५४२९ नम्बरको काे यात्रुवाहक बस गाेपीखाेलामा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

शुक्रबार बिहान ९ बजेतिर अनियन्त्रित भएर बस सडकबाट ४० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरूकाे प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि सदरमुकाम चरिकाेट पठाएका थिए ।

घाइतेहरूकाे चरिकाेटमा उपचार भइरहेकाे छ । केहीकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय