संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा १० जना प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा असईसमेत छन्।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुलाई जेलभित्रै कुटपिट गरेर मारेको पाईएको छ। सीसीटीभी फुटेजमा हत्यामा प्रहरीकै संलग्नता देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षा घेराभित्र दुईजना कैदीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति विहिवार खाँदबारी पुगेको छ।

समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय