नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका विषयमा नेपाल प्रहरीले सभामुखलाई जानकारी दिएको छ । आजै एक पत्र मार्फत सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि पक्राउ गरिएको व्यहोरा प्रहरी द्वारा लेखिएको पत्रमा उल्लेख गरिएको छ । शर्मालाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आजै दिउँसो काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।

उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् । शर्मा कांग्रेस नेता शेखर कोइराला पक्षका मानिन्छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय