नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको छ । कम्पनीले बक्यौता रकम नतिरेको भन्दै उडानमा रोक लगाएको हो ।

आर्थिक वर्ष २०७९/८० मा तिर्नुपर्ने बक्यौता रकम ५५ लाख रुपैयाँ थियो । तर, कम्पनीले आठ लाख मात्र तिरेको प्राधिकरणको दाबी छ ।

यसरी सरकारलाई नै बक्यौता रकम नतिर्दा भोलि पाइलटको सेवा सुविधामा तलमाथि हुने भन्दै बक्यौता रकम नतिरुन्जेलसम्म सबै हेलिकेप्टर उडानमा रोक लगाइएको स्रोतको दाबी छ ।

कम्पनीले अब ४६ लाख रुपैयाँ तिर्ने बाँकी रहेको बताइएको छ । जुन दिन कम्पनीले बक्यौता चुक्ता गर्छ, त्यही दिनसम्म उडान रोक्का गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय