दार्चुलाका युवा यातायात व्यवसायी जगत टमटाको क्यान्सर रोगबाट मृत्यु भएको छ ।

चालिस बर्षिय टमटाको आज दिउँसो धनगढीमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिगत दुई बर्ष देखि क्यान्सर रोगले च्यापेका टमटाले हालै शिक्षण अस्पताल महाराजगञ्जमा र भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएर फर्किएका थिए ।

युवाहरू माझ लोकप्रिय मानिएका टमटा लामो समयसम्म दार्चुलामा यातायात सेवा उपलब्ध गराउने मध्येमा पर्दथे । टमटाको चार जना छोराहरू रहेकोमा जेठा छोरा नेपाली सेनामा कार्यरत रहेका छन भने अन्य तीन जना पढ्दै गरेका छन । दार्चुलामा ग्रामीण सडकहरूमा छोटो दुरीको जीप सेवा संचालन गरेर टमटाले जिल्लामा यातायात सेवा उपलब्ध गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय